कार्तिक -१९ , गुल्मीका ८५ वर्षीय एक बृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। बुटवलको कोरोना अस्पतालमा उपचाररत संक्रमितको बुधबार बिहान मृत्यु भएको हो। लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा. राजेन्द्र खनालका अनुसार गुल्मी दरबार गाउँपालिकाका ती बृद्धमा कात्तिक १३ गते कोरोना पोजेटिभको रिपोर्ट आएपछि सोही दिन कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो। उनमा ज्वरो र स्वासप्रश्वासमा समस्या रहेको अस्पताल प्रशासनले जनाएको छ।
Discussion about this post