तिनाउको कोभिड अस्पताल निर्माण अन्तिम चरणमा

13
SHARES
107
VIEWS


बिष्णु पाण्डे कार्तिक – १९ तिनाउ गाउँपालिकामा निर्माण भईरहेको कोभिड अस्पतालको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाको वडा नं. २ दोभानको वोटेगाउँमा निर्माण भइरहेको ८ वेडको अस्पतालको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्ती मगरले जानकारी दिनुभयो । “अहिले कोरोना पोजेटिभ भएकालाई अस्पतालमा लैजादा वेड नपाएर फिर्ता गराउन बाध्य भएकोले घरमै राख्न परेको स्थिती छ ।” अध्यक्ष ओम बहादुर घर्ती मगर भन्नुहुन्छ, “आफ्नै घरमा बस्दा सबै उपचार नहुने भएकोले अस्पतालको खाचो महसुस भएकोले बनाउन थालिएको हो ।”
नेपाल सरकारले अस्पताल नभएका स्थानीय तहहरुमा कम्तिमा ५ वेडको अस्पताल बनाउन भनेपनि तिनाउमा ८ वेडको अस्पताल बनाउन थालिएको उहाँको भनाई छ । तिनाउमा बनेको कोभिड अस्पतालमा ८ कोठा रहेका छन् । जसमा विरामीका वेड सहितका कोठा, स्वास्थ्यकर्मी बस्ने कोठा र स्टोर रहेका छन् ।
तिनाउगाउँपालिकाको ३५ लाख रुपैयाको लगानीमा निर्माण भएको कोभिड अस्पताललाई गाउँपालिकामा रहेका चुनढुङगा खानीहरुले पनि सहयोग गर्ने जनाएका छन् । अस्पतालमा १ जना डाक्टर, २ जना नर्श र १ जना कार्यालय सहयोगी रहने प्रमुख प्रशाशकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार जनशक्तिको लागि सूचना निकाल्ने तयारी भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार