चुरामणी तिमिल्सिना गुल्मी कार्तिक -१९, बार्षिक रुपमा झिनिया बिक्री गरेर रुरु क्षेत्र गाउँ पालिका वडा नम्बर १रिडीकी साबित्रा जोशीले झन्डै २ लाख आम्दानी गर्दै आउनु भएको छ । २४ बर्ष देखि आफुले यो पेसा अगालेको जोशीको भनाइ छ । रुरु निवासी पम्फा श्रेष्ठबाट आफुले यो सीप आर्जन गरेर घरमै बसि फुर्सदको समयम झिनिया उत्पादन गरेको उनको भनाइ छ । २४ बर्ष यता १० किलो चामल खरिद गरि पितलको मेसिनबाट आफुले निर्माण गरेर बजारिकरण गर्दापहिलो पटकमै २५००रुपैया आम्दानी भएको उनका श्रीमान पुस्पराज जोशी बताउछन ।अहिले बाह्रै महिना बोराका बोरा चामल पिधेर काम गर्दै आइरहेको उनकी सहयोगि छोरि अन्जना जोशी बताउनु हुन्छ । आयअर्जनमा वृद्धि हुँदै आम्दानी थपिदै गएपछी साबित्रिले आफ्ना २ छोरिको लागि यहीँ आम्दानीबाट आठ तोला सुन , खरिद गर्नका साथै सबै धार्मिक कार्यक्रममा निरन्तर सहयोग समेत प्रदान गर्दै आइरहेको बताउनु भयो । प्राय गरि रिडीमा आफू लाई जानकारीमा भयअनुसार सुस्मा प्रधान , निलम श्रेष्ठ ,स्व डम्बर कुमारी , देबराज श्रेष्ठ लगायतले बनाएपनी हिज आज भने अधिकांशले बनाउन छोडेको जोशी परिवारको भनाइ छ ।यहाँ उत्पादन भएको सबै झिनिया पाल्पा गुल्मी स्याङ्जा काठमाडौ ,र अर्घाखाँची समेत जाने गरेको छ । अहिले पनि तिहारको लागि भन्दै १ लाख भन्दा धेरै आफु सित इस्टक सामान रहेको जोशीका श्रीमान पुस्पराजले बताउनुभयो ।आफुले वडामा भवानी झिनिया उद्योग नाम दर्ता गरेर चाउचाउ , आलुचिप्स लगायत पनि बनाएर बजारिकरण गरेको बताउनुभयो । यति मात्र नभई बार्षिक रुपमा बत्ती काटेर पनि झन्डै ७ लाख भन्दा माथी आम्दानी लिन सफल भएको बताउनुभयो । आफुले सिकेको सीप अरु सिक्न नआएकोले पछीका दिनमा सीप सिक्न लगानी लागाउन पर्ने सम्भावना हुन सक्ने छ त्यसैले सीप सिकेर बस्न महिला दिदी बहिनिहर्ले सावित्रीले आग्रह समेत गर्नुभयो ।अहिले सम्म आफुले कुनै निकायबाट सेवा सुबिधा प्राप्त नगरेको गुनासो समेत गर्नुभयो । पालिकाले महिला दिदी बहिनीहरुलाइ यस्तै तालिम सिकाउन सकेमा दैनिकी जीवन शैलिमा फरकता आउने बताउनुभयो ।
Discussion about this post