कालीगण्डकी करिडोर नवलपुर पहिरोमा पुरिएर पाँच जनाको मृत्यु

14
SHARES
113
VIEWS


कार्तिक-२०,– कालीगण्डकी करिडोरको नवलपुर खण्डमा पहिरामा पुरिएर पाँच जनाको मृत्यु भएको छ । कालीगण्डकी करिडोरको नवलपरासी (बर्दघाट सुस्तापूर्व) बुलिङ्टार गाउँपालिका खण्डमा कार्यरत कामदार आज साँझ पहिरामा पुरिएका थिए ।
सडकखण्डमा ग्याबिनमा ढुङ्गा भरिरहेका अवस्थामा माथिबाट खसेको सुख्खा पहिरामा पुरिएका पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रकाश मल्लले जानकारी दिनुभयो ।
मृत्यु हुनेमा सबै बुलिङटार –४का २० वर्षीय गोपाल गरञ्जा, चेतबहादुर अस्लामी मगर र ताराबहादुर लुङ्गेली तथा २८ वर्षीय तुलबहादुर सारु र ४२ वर्षीय सुनबहादुर पुलामी रहेको बताइएको छ । पहिरामा पुरिएका पाँचै जनालाई इलाका प्रहरी कार्यालय बुलिङ्टारबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहायतामा निकालिएको थियो ।
पहिरामा परी दुई जना घाइते भएका छन् । एक्काइस वर्षीय कृष्ण लुङ्गेली र १९ वर्षीय केवल सिंह लुङ्गेली मगर घाइते भएका हुन् । उनीहरु पहिरोमा परेपछि अन्य कामदारले उद्धार गरेका थिए । उद्धार गरिएका दुवै जनाको भरतपुरमा उपचार भइरहेको प्रहरी प्रमुख मल्लले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार