स्याङ्जाका मोहनप्रसाद पाण्डे कांग्रेस संघीय सांसद बन्ने

12
SHARES
104
VIEWS


बिष्णु पाण्डे कार्तिक -२०,सस्याङ्जाका मोहनप्रसाद पाण्डे संघीय सांसद बन्ने भएका छन् । नेपाली कांग्रेसका महासमिति सदस्य प्रतिनिधिसभा सदस्य सुर्यप्रसाद केसीको निधनपछि खाली भएकाे स्थानमा पाण्डे सांसद बन्ने भएका हुन् ।

कालीगण्डकी गाउँपालिका, स्याङ्जाका पाण्डे पहिलो संविधानसभाका सभासद हुन् । २०६४ को संविधानसभा निर्वाचनमा उनी प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ स्याङ्जा–३ बाट निर्वाचित भएका थिए । केसीको निधन भएका कारण बन्दसूचीमा उनीपछि नाम रहेका पाण्डे सांसद बन्ने पक्का भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार संघीय संसद सचिवालयबाट स्थान रिक्त रहेको औपचारिक जानकारी आएपछि मात्रै प्रक्रिया अगाडि बढ्छ ।

निर्वाचन आयोगमा बुझाएको समानुपातीकको बन्दसूचीमा केसीपछि पाण्डेको नाम रहेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । २०७४ को आम निर्वाचनमा कांग्रेसबाट खस आर्य पुरुषमध्ये पाँच जना सांसद बनेका थिए । त्यतिबेला पाण्डेको नाम छैठौं नम्बरमा थियो ।

गत मंगलबार निधन भएका केसी खस आर्य कोटाबाट सांसद समानुपातिक सांसद बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार