कालीगण्डकी नदीमा डुबेर एक जनाको मृत्यु

12
SHARES
99
VIEWS

बिष्णु पाण्डे , कार्तिक -२२ पौडी खेल्ने क्रममा कालीगण्डकीमा डुबेर शनिबार एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा तानसेन नगरपालिका(१ गैरागाउँका २१ वर्षीय विनित बस्याल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए।

बगनासकाली गाउँपालिका ७ रानीघाटनजिकै कालीगण्डकी नदीमा पौडिने क्रममा आज दिउँसो साढे १२ बजे उनी डुबेका थिए। नदीदेखि १५० मिटर पूर्वतर्फ रहेको पानीमा मृत अवस्थामा बस्याललाई फेला पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीसँगै पौडी खेलेका अर्का साथी भने पौडिएर कालिगण्डकी पार गरेका थिए। घटनाबारे थप अुनसन्धान भइरहेको गिरीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार