गण्डकी प्रदेश स्याडंजामै पहिलो पटक फुटसलको सुरुवात

13
SHARES
106
VIEWS


कार्तिक -२२ स्याङ्जा जिल्लामै पहिलो पटक फुटसलको सुरुवात भएको छ । वालिङ ८ बीपी चोकमा वालिङ स्पोटस् सेन्टरले फुटसल कोर्ट स्थापना गरी जिल्लामै पहिलो पटक खेल सञ्चालन गरेको हो । सेन्टरले रु. एक करोडको लागतमा फुटसल सञ्चालनमा ल्याएको सञ्चालक गणेश सुबेदीले बताउनुभयो ।
“छ रोपनी क्षेत्रफलमा सेन्टरले पहिलो पटक फुटसल सञ्चालनमा ल्याएका छौं” सञ्चालक सुबेदीले भन्नुभयो, “फुटसल सञ्चालनमा आईसकेपछि ब्याडमिण्टन कोर्ट, स्वीमिङ पुल, सभाहल, रेष्टुरेण्ट, लज सञ्चालन गर्ने लक्ष्यसहित अगाडि बढेका छौं ।” आवश्यक पूर्वाधारहरु निर्माण भईरहेको सञ्चालक सुबेदीले जानकारी दिनुभयो। फुटसलको आज गण्डकी प्रदेश विधायन समिति सभापति मोहनप्रसाद रेग्मी, वालिङ नगर प्रमुख दिलीपप्रताप खाँण र ज्येष्ठ नागरिक टुकप्रसाद सुबेदीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । फुटसलको आज गण्डकी प्रदेश विधायन समिति सभापति मोहनप्रसाद रेग्मी, वालिङ नगर प्रमुख दिलीपप्रताप खाँण र ज्येष्ठ नागरिक टुकप्रसाद सुबेदीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार