स्याङ्जामा आइतबार थप ७ जना कोरोना संक्रमित थपिए – थप एकको मृत्यु

13
SHARES
108
VIEWS

कार्तिक -२३ स्याङ्जामा आइतबार थप ७ जना कोरोना भाइरस (कोभिड -१९) का संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको अद्यावधिक विवरण अनुसार संक्रमित हुनेहरु आधिखोला गाउँपालिकाका ५१ र २५ वर्षीय पुरुष, पुतलीबजार नगरपालिका वडा २ का २३ वर्षीय पुरुष र वडा नम्बर १० का २५ वर्षीय पुरुष र ४६ वर्षिय महिला रहेका छन् । यस्तै अन्य दुई संक्रमीतहरु ५३ वर्षीय पुरुष र ५० वर्षीय पुरुष रहेका छन् । उनिहरु दुवैको पालिका भने खुलेको छैन । यो संगै स्याङ्जामा कोरोना संक्रमितको कुल सङ्ख्या ५९१ पुगेको छ।

यस्तै गरि स्याङ्जामा कोरोना संक्रमितको सङ्ख्या बढे संगै मृतकको सङ्ख्या पनि बढ्ने क्रममा रहेको छ। आइतबार स्याङ्जामा थप एक जनाको कोरोना संक्रणमणका कारण मृत्यु भएको छ। मृत्यु हुनेमा गल्याङ नगरपालिका वडा नम्बर ७ का ५० वर्षिय पुरुष रहेको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका निर्देशक एवम् प्रबक्ता बिनोद बिन्दु शर्माले जानकारी दिनु भयो। उहाँमा गत १८ गते कोरोना संक्रमणको पुष्टि भएको शर्माले जानकारी दिनु भयो। यो संगै स्याङ्जामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार