स्याङ्जामा एकै दिन थपिए १६ जना कोरोना संक्रमित

13
SHARES
108
VIEWS

कार्तिक -२४ स्याङ्जामा आज थप १६ जना कोरोना संक्रमण (कोभिड -१९ ) का संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको अद्यावधिक विवरण अनुसार फेदीखोला गाउँपालिका वडा नम्बर २ कि ८१ वर्षिय महिला र ३५ वर्षीय पुरुष , आधीखोला गाउँपालिका वडा नम्बर ३ का ३८ वर्षीय पुरुष , चापाकोट नगरपालिका वडा नम्बर १ की २२ वर्षिय महिला , कालीगण्डकी गाउँपालिका वडा नम्बर ५ का ४७ वर्षीय पुरुष , वालिङ नगरपालिका वडा नम्बर १ की २२ वर्षीय महिला र भिरकोट नगरपालिकाका ८३ वर्षिय पुरुष रहेका छन् । यस्तै गरि अन्य संक्रमित हुनेहरुमा गल्याङ नगरपालिकाकी ३६ वर्षीय महिला , ४१ , १८ , ६४ र ४४ वर्षीय पुरुष , पुतलीबजार नगरपालिका वडा नम्बर ४ का ६६ वर्षिय पुरुष , वडा नम्बर नखुलेका ४६ वर्षिय पुरुष ४९ र ४१ वर्षिय महिला रहेका छन् ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक बिनोद बिन्दु शर्माका अनुसार आज पहिचान भएका स्याङ्जाका १६ संक्रमितहरुको बिपि कोइराला क्यान्सर अस्पताल चितवन, लाइफ केयर एन्ड डायग्नोस्टिक प्रालि पोखरा र क्षयरोग उपचार केन्द्रमा परिक्षणका क्रममा कोरोना संक्रमणको पुष्टि भएको हो। शर्मका अनुसार आज पहिचान भएका सवै संक्रमितहरु समुदाय स्तरका रहेका छन् । दशै पश्चात् स्याङ्जामा दैनिक कोरोना संक्रमित थपिने क्रममा रहेको छ। आज थप १६ जना गरि स्याङ्जामा कोरोना संक्रमितको कुल सङ्ख्या ६०८ पुगेको छ। हाल स्याङ्जामा कोरोनाका १०२ सक्रिय संक्रमित रहेका छन् भने ४९७ निको भएर घर फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार