स्याङ्जाको गल्याङमा देउसीभैलो नखेल्न अनुरोध

13
SHARES
109
VIEWS


गल्याङ । कार्तिक -२४ स्याङजाको गल्याङ नगरपालिकाले यस वर्षको तिहारमा देउसीभैलो नखेल्न आग्रह गरेको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिने क्रम कायम रहेकाले यस वर्षको तिहारमा देउसीभैलो नखेल्न आग्रह गरेको हो ।
यस्तै अघिल्ला वर्षहरुमा जस्तै आफन्तकोमा घरमा जाने, जम्मा हुने, भिडभाड गर्ने, नाँच गान गर्ने, देउसी भैलो खेल्ने, सामुहिक रुपमा उपस्थित भई शुभकामना आदान प्रदान गर्ने जस्ता कार्य तथा गतिविधि नगर्न गल्याङ नगरपालिकाले अपिल गरेको छ ।
गल्याङ नगरपालिकाले सोमवार सार्वजनिक गरेको सुचनामा मादकपदार्थ सेवन गरि होहल्ला गर्ने, सार्वजनिक सुरक्षामा खलल् पुर्याउने, जुवातास खेल्ने, पट्का पड्काउने, अतिसवाजी गर्ने कार्यहरु नगर्न भनिएको छ ।
त्यस्तै आफु र आफ्ना परिवार जहाँ छ, जुन अवस्थामा छ त्यही चाडपर्व मनाउन सम्पुर्ण नगरबासीलाई आग्रह गरेको छ ।
गल्याङ नगरपालिकाका नगर प्रमुख भुपराज अधिकारीद्धारा हस्ताक्षर गरिएको सुचनामा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई सामाजिक दुरी कायम राखी सभ्य रुपमा पर्व मनाउन अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार