राजन भट्टराई कार्तिक -२४ स्याङ्जा जिल्लाको चापाकोट नगरपालिकामा अवस्थित एक झोलुङ्गे पुलको एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ। चापाकोट नगरपालिकाको वडा नम्बर ८ दामाचौर र वडा नम्बर ५ सेखामको हिलामराङ्गलाई जोडने ज्यागदी खोला झलुङ्गे पुलको उद्घाटन नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधी क्षेत्र न. २ का अग्रज नेता श्री गजेन्द्र प्रकाश मल्लले गर्नु भएको थियो ।
यो पुल नेपालकै लामो झलुङ्गे पुलहरुको सुचिमा पर्ने गरि निर्माण गरिएको छ । यसको लम्बाई २९७ र उचाई करिब १६० मिटर रहेको छ। यस पुल निर्माण सम्पन्न भए सँगै दामाचौर हुँदै सेखाम र रामडाँडा पैदल यात्रा गर्ने र स्थानीय वासिन्दाको आवागमनमा सहजता थपिएको स्थानीय निर्माण समितिका अध्यक्ष राजन डोटेलले जानकारी दिनुभयो।
Discussion about this post