स्याङ्जा – २४ कार्तिक २०७७
मेहनती , इमानदार र स्वाभिमानीलाई फुर्सद हुँदैन। त्यसका उदाहरण हुन रेम बहादुर सोमै मगर , सोमै अहिले कालीगण्डकी गाउँपालिका – ७, मिर्मी फाँटमा अवस्थित मुड्किना तन्दुरी & रेस्टुरेन्टमा आफ्नो कला पस्कन व्यस्त छन्।
लाउने खाने र रमाउने उमेरका युवा सोमै मेहनत र आफ्नै कमाइमा रमाएका छन् । कालीगण्डकी गाउँपालिका – १, बर्तुङ निवासी सोमै मुड्कीना तन्दुरी & रेस्टुरेन्टमा अहिले ग्राहकको रोजाई र स्वादका विभिन्न परिकार बनाउन व्यस्त देखिन्छन् ।
सोमैको हातले बनाएको परिकार खानुहुने जोकोही पनि पुनः फेरी उनको हातबाट बनेको खानेकुरा खान लायालित हुने गर्दछन् ।
दिपक प्रकाश घिलेका अनुसार सोमैको मेहनत , इमानदारिता र लगनशिलतालाई अन्य युवाहरूले पनि अनुसरण गरेमा पक्कै पनि उनीहरू व्यक्तिगत जीवनमा सफल हुनेमा शंका छैन ।
साथै घिलेले सफल जीवनका लागि सोमैको जस्तै मेहनत र इमानदारिता नि:सन्देह रहेको बताउनुभएको छ।
Discussion about this post