चुरामणी तिमिल्सिना कार्तिक -२४ , भारतमा भन्दा नेपालमै आर्थिक आम्दानी हुन थालेपछी भारत नौवतुनाका २८ वर्षीय राजु चौधरी नेपालमै रमाउन थालेका छन । केही बर्ष पहिला आफ्ना जन्म दिने बुवा आमालाई गुमाएका चौधरीको काधमा आफ्ना परिवारको थप जिम्मेवारी थपिएपछी नेपालका विभिन्न जिल्लाहरुमा मिठाइ निर्माण तथा कुकको काम गर्दै आएको उनको भनाइ छ । आधारभुत तहको पढाइ मात्र पूरा गरेका चौधरी हाल रुरु क्षेत्र गाउँपालिका वडा नम्बर १ रिडीबजारमा रहेको रुरु मिष्ठान्न भण्डारमा मिठाईका परिकार बनाउने, खाजा नास्ता बनाउनका साथै काउणटर समेत समाल्दै आउनु भएको छ । विशेष गरि आफुले झन्डै ३ महिनाको तालिम पछी दुधका सबै परिकार बनाउन सक्षम भएको बताउनुभयो। करिब ६ बर्ष यहि मिष्ठान्न भण्डारमा काम गर्दा आफना पसलका मालिकहरु लक्षमण भट्टराई कृष्ण ज्ञवालीले आफ्नै दाइ भाइको ब्यावहार गरेको र सबै जिम्मेवारी दिदा आफुमा झन् हौसला मिलेकाले यहीँ ठाउँ रोजाइ बनेको राजुको भनाइ छ । मासिक रु ३,००० बाट जागिर खान थालेपछी अहिलै झन्डै मासिक रुपमा सबै खर्च कटाई रु २५ हजार बचत गर्दै आएको उनको भनाइ छ । यता यस मिष्ठान्न भण्डारका संचालक कृष्णले आफू नहुँदा सबै कारोबार जिम्मेवारी दिने र इमान्दार मिस्त्री भएकोले आफ्नो पसल रहँदा सम्म उनलाई नै राख्ने बताउनु भयो। स्थानिय तहमा विभिन्न तालिमहरु सन्चालन हुदा मिठाइका परिकारहरु बनाउने युवाहरूलाई नेपालमै रोजगारिको सिर्जना गर्न सकेमा थुपै युवा जन्सक्ती बिदेश पलायन हुन नपर्ने राजुुले बताउछन पालिकाले आफुलाइ निमन्त्रणा गरेर तालिम दिन समेत आफू तयारी अबस्थामा रहेको उनको भनाइ छ ।
Discussion about this post