तिनाउमा विद्यालय छोड्ने दर घटाउन शैक्षिक सामाग्री र पोषाक वितरण

20
SHARES
168
VIEWS


पाल्पा बिष्णु पाण्डे (कार्तिक -२५) मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्र्तगत तिनाउ गाउपालिका पाल्पाले विद्यालय छोड्ने दर घटाउन विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु र विद्यालय पोषाक वितरण गरेको छ । सोमबार तिनाउँ गाउँपालिकाको वडा नं. १ कचलका २ विद्यालयहरुमा शैक्षिक सामाग्रीहरु र विद्यालय पोषाक वितरण गरिएको थियो ।

तिनाउ गाउँपालिका पाल्पाका अध्यक्ष ओम बहादुर घर्तीमगरले गरिवीका कारण विद्यालय छोड्ने दरलाई घटाउन मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमको सहयोगमा गाउपालिकाले शैक्षिक सामाग्री र विद्यालय पोषाक वितरण गरिएको जानकारी दिनुभयो । “विपन्न परिवारका व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगारी, प्रविधि हस्तान्तरण, सीप विकास, आयआर्जनमा सामाजिक संरक्षण मार्फत जीवनस्तर उकास्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री, पोषाक, दिवा खाजा र अभिभावकलाई स्वास्थ्य वीमा गरिएको छ ।” गाउँपालिका अध्यक्ष घर्ती मगरले भन्नुभयो, “विद्यालय भर्ना नभएका वालवालिकाहरुलाई विद्यालय सम्म पुर्याउन र विद्यालय गएका वालवालिकाहरुलाई विद्यालयमा टिकाउन सहयोग गरेका छौं ।”

वडा नं. १ कचलको झिंगामारा र ठूलीउदाङका सिद्ध आधारभूत विद्यालय र सरस्वती आधारभूत विद्यालय सहित वडा नं. १ र ६ का ४ सय विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा १ सय ८० जना विद्यार्थीहरुलाई पोषाक वितरण गरिएको मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमकी सहजकर्ता गीता कुमारी भट्राईले जानकारी दिनुभयो । तिनाउ गाउँपालिका शिक्षा शाखा प्रमुख लक्ष्मी कुँवरले शिक्षामा सहयोग र टेवा पुर्याउदै रोजगारी सृजन ागर्न समेत कार्यक्रम फलदायी रहेको बताउनुभयो । तिनाउ १ कचलका वडा सदस्य अमर तरामु मगरले १ सय विद्यार्थीका अभिभावकको स्वास्थ्य वीमाले गरिवी निवारणमा टेवा पुर्याएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार