कालीगण्डकीमा डुबेर एक जना बेपत्ता

14
SHARES
113
VIEWS

कार्तिक -२६ , मंगलबार दिउँसो कालीगण्डकी नदिमा डुबेर एक जना बेपत्ता भएको छन् । पाल्पा जिल्लाको रामपुरनगरपालिका १० शिकोडाँडा स्थित कालीगण्डकी नदिमा हिजो दाउरा निकाल्ने क्रममा सुवास बोटे डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यलय पाल्पाका सुचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक मदन गिरीले जानकारी दिनु भयो। कालीगण्डकीमा डुबेर बेपत्ता हुने स्याङ्जा जिल्लाको गल्याङ नगरपालिका वडा नम्बर ९ बस्ने सुवास बोटे रहेको सुचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक मदन गिरीले जानकारी दिनुभयो। गिरीका अनुसार सुवास बोटे अन्य तीन जना साथीहरु सित दाउरा निकाल्न गएका थिए। बेपत्ता भएका सुबास बोटेको प्रहरी र स्थानीय द्वारा खोजतलास अगाडि बढाइएको छ। बेपत्ता सुवास हाल सम्म फेला भने नपरेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार