मंसिर २ गते सार्वजनिक बिदा ,तिहार बिदा थपियो

13
SHARES
105
VIEWS


२६ कात्तिक, काठमाडौं । सरकारले मंसिर २ गते पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । किजा पूजाको अवसरमा २ गते पनि सार्वजनिक बिदा दिने निर्णय सोमबार बसेको मन्त्रिपरिषदबाट भएको गृह मन्त्रालयले जनाएको छ ।
यो वर्ष तिहारमा तिथि विवाद छ ।
नेपाल पञ्चाङ्ग निर्णायकले यसवर्ष कात्तिक २९ गते बिहान कुकुर तिहार र साँझ लक्ष्मीपूजा, ३० गते गाई/गोरु पूजा तथा नेवाः समुदायको म्हपूजा र मंसिर १ गते गोवर्द्धन पूजा तथा भाइपूजा तोकेको छ ।
२९ गते दिउँसो १ः४९ बजेदेखि ३० गते बिहान ११ः२७ बजेसम्म औँशी तिथि रहन्छ । त्यसैले कात्तिक २९ गते लक्ष्मीपूजा गर्नु उपयुक्त हुन्छ ।
तर नेवाः समुदायले २९ गते नरक चतुर्दशीका दिनमा लक्ष्मीपूजा नगर्ने बताएका छन् । यसोगर्दा ३० गते लक्ष्मीपूजा, मंसिर १ गते नेपाल संवत् नयाँ वर्षको पहिलो दिन म्हपूजा र मंसिर २ गते मंगलबार किजापूजा (भाइटीका) गर्नुपर्छ ।
उनीहरुलाई सम्बोधन गर्न सरकारले २ मंसिरमा पनि बिदा दिने निर्णय गरेको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार