स्याङ्जामा जवरजस्ती करणीको आरोपमा अर्जुनचौपारीका एक पुरुष पक्राउ

13
SHARES
105
VIEWS

कार्तिक -२६ स्याङ्जामा जवरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनचौपारी गाउँपालिका वडा नम्बर ३ का २७ वर्षीय खेम बहादुर नेपाली रहेका छन् । अर्जुन चौपारी गाउपालिकाकी एक महिलालाई २५ गते बिहान ३:४० बजेको समयमा घरमै सुतिरहेको बेला जवरजस्ती करणीको प्रयास गरेको आरोपमा नेपालीलाई पक्राउ गरिएको जानकारी जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी एवम् प्रबक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनु भयो। पीडित महिलाबाट प्रहरी कार्यलयमा जाहेरी आएकोले २५ गतेनै आरोपित नेपालीलाई पक्राउ गरिएको जानकारी जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी एवम् प्रबक्ता प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिनुभयो। अधिकारीका अनुसार आरोपितलाई पक्राउ पश्चात् सम्मानित जिल्ला अदालत स्याङ्जाबाट थप ७ दिनको म्याद लिएर थप अनुसन्धान कार्य अगाडि बढाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार