कार्तिक -२७, नेपालको चार धाम मध्य एक धाम रुरु क्षेत्र रिडीमा धार्मिक ,पौराणिक, ऐतिहासिक ,सांस्कृतिक,रहन ,सहन परम्परा तथा बिबिध बिषयको जानकारी गराउने तथा संरक्षण गर्ने महान उद्देश्यका साथ बि.स .२०७१ साल बैशाख २६ गते रुरु धार्मिक सेवा सञ्चार प्रा.लि.को प्रधान कार्यलय रुरु धाम रिडीमा स्थापना गरिएको हो । स्थापना कालदेखिनै नेपालमा नौला कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ।
यस संस्थालाई आधुनिकिकरण बनाउन देश तथा बिदेशबाट दिन प्रति दिन निरन्तर सहयोग जुटिरहेको अवस्थामा छ।
हरेक सहयोगी दाताका आमाबुवा निकै धार्मिक र आफुहरु समाज सेवामा निरन्तर लाग्ने दाताहरुको भनाइ छ।
गुल्मी जिल्ला छत्रकोट गाउँ पालिका वडा नम्बर ३ भालुपानी निवासी हाल वैदेशिक रोजगारको सिलसिलामा बिदेशमा बस्दै आउनुभएका गोकुल अर्यालको मन समाज सेवामा नै छ।धार्मिक संस्थाले आफ्नो कार्यलाई सुरक्षाका साथ सञ्चालन गर्ने चार थान सिसि क्यामर जडान योजनालाई अगाडी बढाएको क्रममा मैले पनि यस्तो महान कार्यमा सहयोग गर्न पर्छ भन्दै भालुपानीबाट गकुल अर्यालले संस्थाका अध्यक्ष तथा पत्रकार चुरामणीलाई रु ७५०० (सात हजार पाँच सय ) र १ थान सिसि क्यामेरा सहयोग प्रदान गर्नु भएको छ । यसको लागी धार्मिक संस्थाले हार्दिक धन्यवाद एवम् आभार प्रकट व्यक्त गरेको छ। । उहाँले मात्र हैन गरिब , अति बिपन्न्न बर्गका बालबालिका, दीन-दुखी बाढी पहिरो रुरुका सबै धार्मिक कार्यक्रमलाई सहयोग प्रदान गर्दै आउनुभएको संस्थाका अध्यक्ष एवम् पत्रकार तिमिल्सिनाले जानकारी दिनु न्हयो। । यति मात्र नभइ गकुल अर्यालले आफैले ” क ख रा” पढेको बिद्यालय लुम्छा भगवती बिद्यालयमा पनि सहयोग प्रदान यसै सामाजिक सन्जालबाट सहयोग संकलन गरेर आफ्नै जन्म भुमिमा निर्माण हुन लागेको आकर्षक प्रवेशगेट निर्माणमा तिथि तथा पर्बमा खर्च गरिने केही रकम कटाइ यस अभियानमा रु ५१ हजार समेत सहयोग प्रदान गर्नु भएको छ। बुवा आमाको सपना पूरा पूरा गर्न आफ्ना पछीका पुस्ताले उहाँको यो कार्यले पाठ सिकाउने छ।
Discussion about this post