स्याङ्जामा लागू औषध सहित एक जना पक्राउ

14
SHARES
113
VIEWS

कार्तिक – २७ स्याङ्जामा प्रहरीले लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वालिङ नगरपालिका वडा नम्बर ९ वस्ने २० वर्षीय जितेन कुवँर रहेका छन् । २६ गते पक्राउ परेका जितेनलाइ खानातलासी लिने क्रममा लागु औषध डाईजेपाम १० एम्पुल, नुफिन ९ एम्पुल, फेनरगन ११ एम्पुल, निडल सहितको सिरिन्ज थान-१, निडल नभएको सिरिन्ज थान-२ फेला परेको जानकारी जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी एवम् प्रबक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनु भयो। लागुऔषध बरामद गरी निज जितन कुवँरलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसुर मुद्दामा सम्मानित स्याङ्जा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान कार्य भई रहेको भैरहेको सूचना अधिकारी एवं प्रबक्ता प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार