उद्योगपति एवं मेडिकल सञ्चालक खुमा प्रसाद अर्याललाई चापाकोटमा स्वागत

14
SHARES
115
VIEWS

राजन भट्टराई,कार्तिक २७
स्याङ्जा जिल्ला चापाकोट नगरपालिकामा रहेकाे चापाकोट उद्योग वाणिज्य संघले उद्योगपति एवं मेडिकल सञ्चालक खुमा प्रसाद अर्याललाई स्वागत गरेको छ ।

संस्थाको विकास एवं चापाकोटमा उद्योग सञ्चालन गर्नेको लागि आफु प्रतिवहृ रहेको बताउदै अर्यालले वाणिज्य संघले उपयुक्त वातावरण मिलाउन आग्रह गर्नु भयो। उहाँले आँफु जिल्ला बासी पनि भएको बताउदै चापाकोटमा ५० हजार जति कुखुरा पालन गर्ने र करिब साना ठूला गरि सबै किसानहरुलाई मर्का नपर्ने गरि युवाहरुलाई सवरोजगार बनाउनु पर्न बताउनु भएको थियो ।

संस्थाका वरिष्ठ उपाध्यक्ष निर्मल राना मगरको स्वागत संगै सुरु भएको अन्तक्रिर्यामा अध्यक्षता मणि प्रसाद खनाल र सञ्चालन महासचिव शिव श्रेष्ठले गर्नु भएको थियो। करिब ५० जना चापाकोट नगरपालिका उद्योगी एवं व्यापारी सहमागी कार्यक्रममा नेपाली काँग्रेसका नगर सभापति रामचन्द्र पंगेनी,महिला नेतृ गायित्री अर्याल, पत्रकार एवं युवा व्यावसायिहरु सहभागी हुनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार