पाल्पामा घरमा आगलागि हुँदा १० लाख बराबरको क्षति

13
SHARES
106
VIEWS

कार्तिक-२९ पाल्पामा एक घरमा आगलागि हुँदा १० लाख बराबरको क्षति भएको छ। शुक्रबार राति पाल्पा जिल्लाको रैना देवी गाउँपालिका वडा नम्बर ४ गलौसामा एक घरमा बिद्युत सर्ट भै आगलागी भएको जानकारी जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक मदन गिरीले जानकारी दिनु भयो। आगलागीमा परेर पूर्ण बहादुए रानाको ढुङ्गा माटोले बनेको तीन तले कच्ची घरमा रहेका नगद , गरगहना , लत्ता कपडा , अन्नपात भाडा बर्तन गरि करिब ९ लाख ९० हजार बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यलय सूचना अधिकारी एवम् प्रहरी नायब निरीक्षक गुरीले जानकारी दिनु भयो। आगलागीमा परी कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार