स्याङ्जामा आज थप ५ जना कोरोना संक्रमित थपिए : एक जनाको मृत्यु

14
SHARES
113
VIEWS

कार्तिक २९ स्याङ्जामा आज ५ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय पोखराले जारी गरेको अद्यावधिक विवरण अनुसार संक्रमित हुनेहरु वालिङ नगरपालिका वडा नम्बर ८ का ५० वर्षिय पुरुष , सोही नगरपालिकाकै वडा नखुलेका ५० र २८ वर्षका पुरुष र ३९ वर्षिय महिला रहेका छन् । संक्रमित हुनेहरु मध्ये अन्य एक जना भने पुतलीबजार नगरपालिकाका वडा नखुलेका ३३ वर्षिय पुरुष रहेका छन् । यस्तै गरि स्याङ्जामा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वालिङ नगरपालिका वडा नम्बर १४ का २४ वर्षिय पुरुष रहेका छन् । उनको उपचारका क्रममा कोरोना संक्रमणका कारण २७ गते पोखराको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका निर्देशक एवम् प्रबक्ता बिनोद बिन्दु शर्माले जानकारी दिनु भयो। शर्माका अनुसार मृतक मधुमेह रोगबाट ग्रसित थिए। स्याङ्जामा अज थप एक जना गरि कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार