स्याङ्जामा वालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

15
SHARES
128
VIEWS

कार्तिक -३० स्याङ्जामा वालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङ जिल्ला राप्ती गाउपालिका वडा नं. ७ घर भई हाल जिल्ला स्याङजा विरुवा गाउपालिका वडा नं.३ मा ज्याला मजदुरी काम गरि बस्ने बर्ष २१ को सिजेन्द्र चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी एवम् प्रबक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार पुतलीबजारकाकी एक १४ वर्षिय बालिकालाई गत २८ गते २ बजेको समयमा करणी गरेको जाहेरी आए पश्चात् सिजेन्द्र चौधरीलाई पक्राउ गरीएको हो । “ जवरजस्ती करणी” मुद्धामा मुद्धा दर्ता गरी सम्मानित स्याङ्जा जिल्ला अदालतबाट पक्राउ स्वीकृती लिई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार