नेकपा स्याङ्जाका अध्यक्षलाई पुत्री शोक

14
SHARES
118
VIEWS


विष्णु पान्डेय
स्याङ्जा , मंसिर २
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टि (नेकपा) स्याङ्जाका अध्यक्ष पारस गैह्रेलाई पुत्री शोक परेको छ।
अरिंगालले चिलेर घाइते भएकी नेकपा स्याङ्जाका अध्यक्ष पारस गैह्रेकी छोरी अदिति गैह्रेको पोखरामा उपचारका क्रममा आज दु:खद निधन भएको छ ।
पुतलीबजार नगरपालिका–१४ स्थित लामागेमा अरिगांलले टोक्दा उपचारका क्रममा गण्डकी अस्पतालमा निधन भएको हाे ।
नेकपा स्याङ्जा अध्यक्ष पारस गैह्रेका श्रीमती, एक छोरा र एक छोरी छन्। विभिन्न व्यक्तिहरुले सामाजिक सञ्जालमा मृत अात्माकाे चिरशान्तिकाे कामना गर्दै परिवार परिवार प्रति गहिराे समवेदना प्रकट गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार