मङ्सिर -३ पाल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा टिप्पर चालक सिन्धुपाल्चोक सागाचोकगडी नगरपालिका वडा १३ का ४० वर्षिय पूर्ण बहादुर श्रेष्ठ रहेका छन् । मंगलबार ५ बजेको समयमा निस्दी गाउँपालिका वडा नम्बर ७ मोटेखर्क स्थित भुटेके देखि सर्दी नवलपरासी तर्फा चुनढुङ्गा लोड लिइ जादै गर्दा ना ८ ख ७९०५ नम्बरको टिप्पर आफैं अनियंत्रित भइ सडकबाट करीब १० मिटर खस्दा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक मदन गरीले जानकारी दिनुभयो । चालक श्रेष्ठको दुर्घटना स्थलमै मृत्यु भएको सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिनु भयो। दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
Discussion about this post