पाल्पामा मोटरसाइकलले ठक्कर दिदा एक जना गम्भीर घाइते

12
SHARES
99
VIEWS

मङ्सिर ३ पाल्पामा मंगलबार दिउँसो मोटरसाइकलले ठक्कर दिदा एक जना चार बर्षका बालक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा नवलपरासी बिनय त्रिबेणी गाउँपालिका वडा नम्बर ५ स्थायी घर भइ हाल तानसेन नगरपालिका वडा नम्बर ४ मा बसोबास गर्दै आएका प्रयास पछाइ रहेका छन् । मंगलबार दिउँसो ४ बजेको समयमा तानसेन नगरपालिका स्थित वडा नम्बर ५ स्थित धरमपानीमा लु प ९८५९ नम्बरको मोटरसाइकलले पैदल यात्री पछाइलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक मदन गिरीले जानकारी दिनुभयो । दुर्घटनामा परी गम्भीर घाइते भएका पछाइलाइ उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा पठाइएको सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिनुभयो । गिरीका अनुसार हाल घाइतेको अवस्था गम्भीर रहेको मोटरसाइकल तथा चालकलाई प्रहरी नियन्त्रणमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार