स्याङ्जामा गाँजा सहित एक जना पक्राउ

13
SHARES
112
VIEWS

मङ्सिर – ४ , स्याङ्जामा प्रहरीले गाँजा सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वालिङ नगरपालिका वडा नम्बर १३ बिसौनामा बस्ने ख्याम बहादुर बिक रहेका छन् । हिजो ३ गते विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले बिकले लुकाइ-छिपाइ राखेको ३ केजि ९७९ ग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना एवम् प्रबक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो। अधिकारीका अनुसार बिक लाई पक्राउ गरी लागुऔषध मुद्धा दर्ता गरी आज सम्मानित स्याङ्जा जिल्ला अदालतमा पेश गरी दिन ७ को म्याद थप अनुमति लिई अनुसन्धान कार्य भई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार