वालिङ नगरपालिकामा एक हप्ताका लागि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द

12
SHARES
103
VIEWS

मङ्सिर -४ स्याङ्जाको वालिङ नगरपालिकामा कोरोना संक्रमितको सङ्ख्या दैनिक बढ्दो क्रममा रहेकोले भोलिबाट अत्यावश्यक सेवाका बाहेक सम्पूर्ण सेवा बन्द गर्ने नगरपालिकाले जनाएको छ। वालिङ नगरपालिका द्वारा आज प्रकाशित गरिएको सूचनामा जनस्वास्थ्य विपद घोषणा गरी अत्यावश्यक बाहेकका अन्य सम्पूर्ण सेवाहरु एकहप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ । २०७६ चैत ११ देखि २०७७ असोज मसान्तसम्मको संक्रमण भन्दा कार्तिक महिनामा संक्रमणको दर बढिरहेको अवस्थामा जोखिम न्यूनीकरणका लागि गह्रौ प्राथमिक अस्पताल RRT को बैठकबाट संक्रमणको दर उच्च रहेकोले थप जोखिम न्यूनीकरणका लागि कदम चाल्नका लागि सिफारिस भइ आएको र नगरपालिकाको बैठकलेले मङ्सिर ५ गते राती १२ बजे देखि मङ्सिर १२ गतेको १२ बजे सम्म लागु हुने गरि अत्यावश्यक बाहेक सवै सेवा बन्द गरिने नगरपालिकाले जनाएको छ। बन्द अवधिमा बैक तथा बित्तीय संस्थाहरु , बिद्यालय , सरकारी तथा गैर सरकारी कार्यलय , पसल तथा बजार , सवारीसाधन हरु संचालन नगर्न नगराउन सूचनामा उल्लेख गरिएको छ। साथै २५ जना भन्दा बढी भेला हुन समेत निषेध गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार