स्याङ्जामा आज थप ४ जना कोरोना संक्रमित थपिए

13
SHARES
107
VIEWS

मङ्सिर -५ स्याङ्जमा आज थप ४ जनामा कोभिड -१९ अर्थात कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। आज गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको अध्यावधिक विवरण अनुसार संक्रमित हुनेहरु भिरकोट नगरपालिका वडा नम्बर ४ का ५१ वर्षिय महिला , पुतलीबजार नगरपालिका वडा नम्बर १ का २४ वर्षिय महिला , र विरुवा गाउँपालिका वडा नम्बर १ का ४७ वर्षिय पुरुष र वडा नम्बर २ का ४४ वर्षिय पुरुष रहेका छन् । आज थप ४ जना गरि स्याङ्जामा कुल कोरोना संक्रमितको सङ्ख्या ६६६ जना पुगेको छ।स्याङ्जामा ५५८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ९७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार