मङ्सिर -६ स्याङ्जामा आज ४ जना कोरोना संक्रमित थपिएका छन् । आज कोरोना संक्रमणको पुष्टि हुने हरु नगरपालिका वडा नम्बर ३ का ६१ वर्षिय पुरुष , वालिङ नगरपालिका वडा नम्बर ३ का ६८ वर्षिय महिला र पुतलीबजार नगरपालिका वडा नम्बर २ का ३३ वर्षिय महिला रहेका छन् । यस्तै अन्य एक जना संक्रमित हुनेमा गल्याङ नगरपालिका वडा नम्बर २ का ३२ वर्षिय महिला रहेका छन् । थप आज थप ४ जना गरि कोरोना संक्रमितको सङ्ख्या स्याङ्जामा ६७० जना पुगेका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराको अनुसार हाल स्याङ्जामा ८१ जना कोरोना सक्रिय संक्रमित रहेका छन् भने ५७८ जना कोरोना संक्रमण बाट मुक्त भएका छन् ।
Discussion about this post