स्याङ्जामा आज दुई जनामा कोरोना संक्रमणको पुष्टि

13
SHARES
108
VIEWS

मङ्सिर -७, पछिल्लो २४ घण्टामा आज स्याङ्जामा थप २ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज जारी गरेको अध्यावधिक विवरण अनुसार आज कोरोना संक्रमणको पुष्टि हुनेहरुमा वालिङ नगरपालिका वडा नम्बर ६ का ६३ वर्षिय महिला र पुतलीबजार नगरपालिका वडा नम्बर ११ का ३३ वर्षिय पुरुष रहेका छन् । आज थप दुई जना गरि स्याङ्जामा कुल कोरोना संक्रमितको सङ्ख्या ६७२ जना पुगेको छ। हाल स्याङ्जाको विभिन्न आइसोलेसन सेन्टरमा कोरोनाका ८३ जना सक्रिय संक्रमित रहेका छन् भने ५७८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । यस्तै गरि हाल स्याङ्जामा जम्मा ९ जना क्वारेन्टाइनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार