नवनियुक्त सांसद पाण्डेयलाई निर्वाचन आयोग द्वारा प्रमाण पत्र प्रदान

13
SHARES
109
VIEWS

जि.के. पाण्डेय।
मंसिर ७,
नेपाली काँग्रेसले प्रतिनिधिसभाको रिक्त पदमा स्याङ्जाका मोहनप्रसाद पाण्डेलाई मनोनयन गर्ने निर्णय गरेसँगै निर्वाचन आयोगले पाण्डेयलाई प्रमाण पत्र प्रदान गरेको छ।
“प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० को उपदफा (२) र प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ४७ को उपनियम (१) बमोजिम रिक्त प्रतिनिधिसभा सदस्य पदमा सोही नियमावलीको उपनियम (२), (३) र (४) बमोजिम प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सदस्य सूर्यबहादुर केसीको निधन भई रिक्त भएको प्रतिनिधि सभा सदस्य पदमा नेपाली कांग्रेस राजनीतिक दलबाट निर्वाचन आयोगमा बुझाइएको सामानुपातिकको वन्दसूचीको क्र.स. १२ मा खस आर्य समूहतर्फ नाम रहनु भएका श्री मोहनप्रसाद पाण्डेलाई प्रतिनिधिसभा सदस्य पदमा मनोनयन गर्ने निर्णय गर्दछ,”नेपाली कांग्रेसको
बैठकपछि जारी विज्ञप्तिमा उल्लेख भएको थियो।
प्रतिनिधि सभा सदस्य पदको सपथ ग्रहण कार्यक्रम भने भोलीलाई तय भएको पाण्डेयले काली गण्डकी पोष्टलाई बताउनु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार