चुरामणी तिमिल्सिना मंसिर -९ नेपालको चार धाम मध्य एक धाम रुरु क्षेत्र रिडीमा धार्मिक ,पौराणिक, ऐतिहासिक ,सांस्कृतिक रहन,सहन परम्परा तथा बिबिध बिषयको जानकारी गराउने तथा संरक्षण गर्ने महान उद्देश्यका साथ बि.स .२०७१ साल बैशाख २६ गते रुरु धार्मिक सेवा सन्चार प्रालीको प्रधान कार्यलय रुरु धाम रिडीमा स्थापना गरियको हो । स्थापना काल देखिनै नेपालमा नौला कार्यक्रमहरु सन्चालन गर्दै आइरहेको छ।
यस सस्थालाई आधुनिकि करण बनाउन देश तथा बिदेशबाट दिन प्रति दिन निरन्तर सहयोग जुटिरहेको अवस्था छ। यस कार्यलयका अध्यक्ष लगायतका पधाधिकारिहरुले सामाजिक सम्पदाको संरक्षण अभियान , लोप उन्मुख सन्ख ध्वनि प्रतियोगिता भजन कृतन कार्यक्रम जेठनागरिक असल बुहारी, उत्कृष्ट पत्रकार कृषक सम्मान ,लाई निरन्तरता दिदै आयको छ । सस्थाको आफ्नै भवन नभए पनि समाजसेवी शंकर प्रसाद भट्टराईले आफ्नो निवासलाई निसुल्क रुपमा कार्यलयका लागि आबस्यक पर्ने भबन उपलब्ध गराउदै आउनु भएको छ । यस भबन लाई अबका दिन्मा धार्मिक सस्थाले सिसि केमराको निग्रानिमा राख्ने प्रालिको योजना अनुसार सिसि केमरा संख्यामा वृद्धि हुँदै गयको छ यस सस्थाका हरेक गतिविधि आफ्नो परिवारलाई मन परेपछि रिडीनिवासी हाल अमेरिकामा आफ्नै निवास जमाउदै आउनुभएका पुरन कुमार कसजुले आफ्ना पिता बुद्धि बहादुर कसजु र माता चमेली देबि कसजुको पुन्य सन्झनामा रु ७५०० बराबरको १ थान सिसि केमरा , धार्मिक पुस्तकाका लागि रु१० हजार रुपैया र रिडीमा रहदै अरुको जिबन यापनमा महत्त्व पुर्ण सहयोग पुर्याउदै आउनु भएका सारु दाइको लागि
रु २५०० बराबरको खाध्य सामाग्री प्रदान गर्नु भएको हो ।कसजुले यति मात्र नभई दिन दुखिको सेवाका लागि विभिन्न स्थानमामा भोजन गराउदै आउनु भएको छ । उहाले यस कार्यलय लाई केमरा अपुग भएमा पुन आफ्नो परिवारको तर्फबाट कुनै उत्सब को अबसर पारेर थप १ थान उपलबध गराउने बताउनु भएको छ ।
सस्थाले आफ्नो कार्यलाई सुरक्षाका साथ संचालन गर्ने चार थान सिसि केमरा जडान अभियान अब केही दिनमा दाताहरुको सहयोगबाट नै जुट्नेअपेक्षा समेत राखेको छ ।
Discussion about this post