मंसिर -९ स्याङ्जाकी एक वालिकालाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ घर भै कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नम्बर ९ नयागाउँ बस्दै आएका ३८ वर्षका मैते बिक रहेका छन् । जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी एवम् प्रबक्ता डिएसपी राजेन्द्रप्रसाद अधिकारीका अनुसार आरोपित बिकले पोखरा बस्दै आएकी स्याङ्जाकि एक १४ वर्षीय बालिकालाई कार्तिक २६ गते राति नौ बजे जवरजस्ती करणी गरेको जाहेरी पश्चात् बिकलाइ पक्राउ गरिएको हो। पक्राउ परेका आरोपित बिकलाई करणी कसुर सम्बन्धि जवरजस्ती करणी मुद्दामा दर्ता गरि अनुसन्धान कार्य भैरहेको अधिकारीले जानकारी दिनुभयो। अनुसन्धानका लागि जिल्ला अदालत स्याङ्जाबाट दस दिनको म्याद लिइएको प्रहरीले जनाएको छ।
Discussion about this post