मङ्सिर -९ स्याङ्जामा आज थप ६ जनामा कोरोना भाइरस अर्थात कोभिड -१९ को संक्रमणको पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको अध्यावधिक विवरण अनुसार आज संक्रमणको पुष्टि हुनेहरुमा वालिङ नगरपालिका वडा नम्बर १० का ५४ वर्षीया महिला , सोही वडाकै ६१ वर्षका पुरुष र वडा नम्बर ८ का ३३ वर्षका पुरुष रहेका छन् । यस्तै गरि अन्य संक्रमित हरुमा पुतलीबजार नगरपालिकाका ४० र ४८ वर्षका पुरुष र फेदीखोला गाउँपालिकाका ५६ वर्षिय पुरुष रहेका छन् । आज थप ६ जना गरि स्याङ्जामा कोरोना संक्रमितको कुल सङ्ख्या ६८३ पुगेको छ।
Discussion about this post