स्याङ्जामा थप ६ जना कोरोना संक्रमित थपिए

12
SHARES
99
VIEWS

मंसिर -१० स्याङ्जामा आज थप ६ जना कोभिड -१९ अर्थात कोरोना भाइरसका संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको अध्यावधिक विवरण अनुसार आज कोरोना संक्रमणको पुष्टि हुनेहरुमा फेदिखोला गाउँपालिकाका २३ वर्षका पुरुष , पुतलीबजार नगरपालिका वडा नम्बर ४ का २९ वर्षिय पुरुष , आँधिखोला गाउँपालिका वडा नम्बर १ का ६१ र ४६ वर्षका पुरुष र भिरकोट नगरपालिका वडा नम्बर २ का ४० वर्षको पुरुष रहेका छन् । यस्तैगरी अर्का एक जना ५८ वर्षीया संक्रमित महिलाको भने पालिका खुलेको छैन। आज संक्रमणको पुष्टि भएका हरुको स्वाबको नमुना परिक्षण क्षयरोग उपचार केन्द्र पोखरा र लाइफ केयर एण्ड डाइगोनिस्टिक प्रालिमा गरिएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका निर्देशक एवं प्रबक्ता डा. बिनोद बिन्दु शर्माले जानकारी दिनु भयो। डा. शर्माका अनुसार आज संक्रमित हुने सवै समुदाय स्तरका रहेका छन् । स्याङ्जामा आज थप ६ जना गरि कोरोना संक्रमितको कुल सङ्ख्या ६८९ जना पुगेको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो तथ्यांक अनुसार हाल स्याङ्जामा ६५ जना कोरोनाका सक्रिय बिरामी रहेका भने ६१३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । कोरोना संक्रमणका कारण स्याङ्जामा मृत्यु हुनेको सङ्ख्या ११ जना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार