ऋषिकेश रथयात्रा कोरोनाका कारण प्रभावित

16
SHARES
134
VIEWS


चिरन्जिवि ज्ञवाली,मंसिर-११
नेपालकै पवित्र धार्मिक क्षेत्रकाे रुपमा परिचित रुरुधाममा लाग्ने मेलाहरु प्रभावित भएका छन ।
रुरुधामकाे माघेसक्रान्ति मेलापछिकाे दाेस्राे ठुलाे मेलाकाे रुपमा परिचित हरिबाेधिनी एकादशि र ऋषिकेश रथयात्रा प्रभावित भएकाे हाे ।
हरिबाेधिनी एकादशिमा रिडीमा हजाराैँ भक्तजनहरुले दर्शन गर्ने ऋषिकेश भगवानकाे दर्शन गरेर धार्मिक पुण्लाभ कमाउने हरुलाइ याे वर्ष केभिड १९ ले असर गरेकाे छ ।
हरिवाेधिनी एकादशिमा रिडी वारिबाट बाजा गाजा बजाउँदै फुलपाति लाने र द्दादशिमा ऋषिकेशकाे मुर्ति लाई रथमा राखेर बाजा गाजा सहित रिडी बजार घुमाउने प्रसिद्ध ऋषिकेश जात्रा पनि याे वर्ष नहुने रिडी बजारका समाजसेवि अजित श्रेष्ठले बताउनु भयाे ।
ठुलाएकादशि नुहाउन अाउने भक्तजनले भरिने कालिगण्डकि तट पनि लगभग शून्य छ ।केही स्थानिय हरुले गण्डकी स्नान गरेपनि बाहिर बाट अाउने भक्तजनकाे काे अागमन छैन । सँगै ऋषिकेश मन्दिरमा दर्शन गर्ने भक्तजन पनि नगन्य छन ।बजार क्षेत्र पनि शून्य रहेकाे छ ।
अघिल्ला वर्ष बजार क्षेत्रमा भिडभाड हुने र यिनै पर्वमा हुने व्यापार याे वर्ष ९८ प्रतिशत घटेकाे स्थानिय व्यापारी कृष्ण जाेशी बताउनु हुन्छ ।
काेराेनाले रुरुधामकाे धार्मिक पर्यटन सँगै याे क्षेत्रकाे व्यापार व्यवसायलाई नराम्रो असर गरेकाे जाेशिकाे भनाइ छ ।
पछिल्लो पटक रुरुक्षेत्रकाे रिडी धामकाे काेराेना सँक्रमणलाइ अतिरन्जित गरेर सामाजिक सन्जाल लगाएतमा हाेटल हरुका साइनबोर्ड समेत राखेर पाेष्ट गर्ने , सस्तो लाेकप्रियताका लागि मानविय संवेदना देखि माथि उठेर समाचार सम्प्रेषण गर्ने र अनावस्यक प्रचार प्रसारले पनि रिडीक्षेत्रकाे हाेटल व्यवसायमा सँकट देखा परेकाे अाक्राेश स्थानीय हाेटल व्यसायिकाे छ ।
यति बेला रिडीक्षेत्रमा काेभिड १९ काे सँक्रमण मत्थर भैसकेकाे छ र रिडीवासि हरुकाे विशेष सतर्कता जारि रहेकाे छ र फेरी रिडीकाे धार्मिक पर्यटन र व्यपार व्यवसाय पुरानैअवस्थामा फर्कने विश्वास लिन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार