गुल्मीमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

12
SHARES
104
VIEWS

मंसिर -१२ गुल्मीमा आज बिहान जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। इस्मा गाउँपालिका ४ हुलबाट तम्घास तर्फ आउँदै गरेको लु . ११६६ नम्बरको जिप अनियंत्रित भइ सडकबाट करिब ४०० मिटर तल खस्दा उक्त दुर्घटना हुन पुगेको थियो। दुर्घटनामा परि मृत्यु हुनेहरुमा इश्मा गाउँपालिका वडा नम्बर ४ हुल बस्ने ६५ वर्षका डम्बर बहादुर हितान , ३३ वर्षीय शिव ब. दर्लामी , ३० वर्षिय वसन्त दर्लामी , ३३ वर्षका धन ब. अक्षामी र मालिका गाउँपालिका वडा नम्बर ५ बस्ने धन बहादुर अक्षामी रहेका छन् । यस्तै गरि जिल्ला प्रहरी कार्यलय गुल्मीको अनुसार दुर्घटनामा परि गम्भीर घाइते भएका इस्मा गाउँपालिका वडा नम्बर ४ हुल बस्ने १९ वर्षका फर्सुराम थापाको उपचारका क्रममा अस्पतालमा ९:५५ बजे मृत्यु भएको छ। यस्तै गरि घाइते हुनेहरु इस्मा गाउँपालिकाका २६ वर्षका कमल हितान र २८ वर्षकी सरस्वती दर्लामी रहेका छन् । जीप चालक इस्मा गाउँपालिका वडा नम्बर ७ सैया बस्ने २४ वर्षिय बुद्ध बस्नेत सकुशल रहेको र उनलाई प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार