रिडी -रुद्रबेणि -हर्मीचौर सडक खण्डको कालोपत्रे निर्माणको पराराष्ट्र मन्त्री ज्ञवाली द्वारा शिलान्यास

14
SHARES
116
VIEWS

मंसिर -१४ देशकै गरिमा बोकेको कालीगण्डकी करिडोर अन्तर्गत रिडी -रुद्रबेणी – हर्मिचौर सडक खण्डको कालोपत्रे निर्माणकार्य शनिबारबाट विधिवत् रुपमा शुरु भएको छ। नेपाल सरकारका परराष्ट मन्त्री प्रदिपकुमार ज्ञवालीले एक कार्यक्रमका बिच कालोपत्रे हुन लागेको सडक खण्डको शिलान्यास गर्नु भएको हो। नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक बिभाग संघिय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यलय अन्तर्गतको कालीगण्डकी करिडोर योजना पाल्पा अन्तर्गत उक्त सडक खण्डमा कालोपत्र हुन लागेको हो। करिब २१ किलोमिटर सडक खण्डको कालोपत्रे निर्माणको जिम्मेवारी सगुन कन्स्ट्रक्सनले प्राप्त गरेको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष रामलाल बिकले जानकारी दिनु भयो। ५५ करोड ,३० लाख ५३ हजार ८३ रुपैयाँ लागतमा निर्माण कार्यहुनलागेको उक्त सडक खण्ड ३० महिना भित्र निर्माण कार्य समपन्न हुनेसमेत वडा अध्यक्ष बिकले जानकारी दिनुभयो। कार्यक्रममा मन्तव्य राख्ने क्रममा बोल्दै माननीय पराराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले कालीगण्डकी करिडोर एउटा साधारण सडक मार्ग मात्र नभई देशकै लागि आर्थिक , साँस्कृतिक धार्मिक र सभ्यतामार्ग रहेको बताउनुभयो । यस्तै गरि मन्तव्य राख्ने क्रममा रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष निलकण्ठ गौतमले सो सडक खण्डको निर्माण कार्य गुणस्तरीय र तोकिएको समयमा सम्पन्न हुनेमा आफू आश्वस्त रहेकोे बताउनुभयो । कार्यक्रममा परराष्ट मन्त्री प्रदीपकुमार ज्ञवाली , लुम्बिनी प्रदेशका सभासद कमल श्रेष्ठ , प्रमुख जिल्ला अधिकारी , जिल्ला समन्वय समितका प्रमुख ,विभिन्न पालिकाका जनप्रतिनिधि र कालीगण्डकी गाउँपालिका स्याङ्जाका अध्यक्ष ,उपाध्यक्ष लगायत स्थानिय राजनितीकर्मी, समाजसेवी , शिक्षक तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार