मंसिर -१४ स्याङ्जामा आज थप ३ जना कोभिड १९ अर्थात कोरोना भाइरसका संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको अद्यावधिक विवरण अनुसार आज कोरोना संक्रमणको पुष्टि हुनेहरुमा पुतलीबजार नगरपालिका वडा नम्बर २ का ६१ वर्षका पुरुष र वडा नम्बर ११ का ३३ वर्षीय पुरुष र अर्जुनचौपारी नगरपालिका वडा ५ का ५४ वर्षकी महिला रहेका छन् । स्याङ्जामा हाल ६४ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् भने ६३९ जना कोरोना संक्रणबाट मुक्त भएका छन् ।आज थप ३ जना गरि स्याङ्जामा कुल कोरोना संक्रमितको सङ्ख्या ७१५ पुगेको छ।
Discussion about this post