मङ्सिर -१४ घाँस काट्ने क्रममा लडेर घाइते भएका गल्याङ नगरपालिका वडा नम्बर ९ मनोहरिखर्क बस्ने रुक बहादुर सारुमगरलाइ आर्थिक सहयोग प्रदान गरिएको छ। रुखबाट लडेर काध र रिडको हड्डी टुटेको हुँदा सामान्य हिडडुल समेत गर्न नसक्ने अवस्थामा पुगेका सारुलाई पत्रकार टिकाराम अधिकारीको पहलमा रु २ लाख ५३ हजार ४४८ एक कार्यक्रमका बिच प्रदान गरिएको हो। अति अशक्त र उपचारका लागि आर्थिक अवस्था अत्यन्तै कमजोर भएको हुँदा वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरु , विभिन्न संघ-सस्था तथा स्थानीय सहयोगी दाताहरुबाट संकलन गरिएको रकम सारुमगरको थप उपचारका लागि सहयोग प्रदान गरिएको कृष्ण प्रसाद भट्टराईले जानकारी दिनुभयो। पाल्पा मिसन अस्पतालमा उपचार गरिदै आइएकोमा उनलाई काठमाडौको बिएनबि अस्पतालमा लैजाने तयारी भएको पारिवारिक स्रोतले जनाएको छ। रकम हस्तान्तरण कार्यक्रममा गल्याङ नगरपालिका वडा ९ का वडा अध्यक्ष , वडा नम्बर ३ का वडा अध्यक्ष महेश भट्टराई ,






















Discussion about this post