रुखबाट लडेर घाइते भएका गल्याङका रुक बहादुर सारुलाइ आर्थिक सहयोग

14
SHARES
116
VIEWS

यम सोमै (मङ्सिर -१४) घाँस काट्ने क्रममा लडेर घाइते भएका गल्याङ नगरपालिका वडा नम्बर ९ मनोहरिखर्क बस्ने रुक बहादुर सारुमगरलाइ आर्थिक सहयोग प्रदान गरिएको छ। रुखबाट लडेर काध र रिडको हड्डी टुटेको हुँदा सामान्य हिडडुल समेत गर्न नसक्ने अवस्थामा पुगेका सारुलाई पत्रकार टिकाराम अधिकारीको पहलमा २ लाख ५३ हजार ४४८ रुपैया एक कार्यक्रमका बिच प्रदान गरिएको हो। अति अशक्त र उपचारका लागि आर्थिक अवस्था अत्यन्तै कमजोर भएको हुँदा वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरु , विभिन्न संघ-सस्था तथा स्थानीय सहयोगी दाताहरुबाट संकलन गरिएको रकम सारुमगरको थप उपचारका लागि सहयोग प्रदान गरिएको लायन्स क्लब अफ गल्याङ सिटिका सचिब एवम् उद्योग वाणिज्य संघ गल्याङका महासचिव कृष्ण प्रसाद भट्टराईले जानकारी दिनुभयो। सारुमगरको पाल्पा मिसन अस्पतालमा उपचार गरिदै आइएकोमा उनलाई काठमाडौको बिएनबि अस्पतालमा लैजाने तयारी भएको पारिवारिक स्रोतले जनाएको छ। रकम हस्तान्तरण कार्यक्रममा गल्याङ नगरपालिका वडा ९ का वडा अध्यक्ष हरिलाल खनाल , वडा नम्बर ३ का वडा अध्यक्ष महेश भट्टराई , लायन्स क्लब अफ गल्याङ सिटिका सचिब एवम् उद्योग बाणिज्य संघ गल्याङका महासचिव कृष्ण प्रसाद भट्टराई , लायन्स क्लब अफ गल्याङ सिटिका अध्यक्ष अर्जुन प्रसाद बस्याल र समाजसेवी सुर्य प्रसाद चापागाईं लगायत अन्य व्यक्तित्वहरुको उपस्तिथि रहेको थियो। रकम हस्तान्तरणको कार्यक्रम सञ्चालन पत्रकार एवम् अभियान सहजकर्ता टिकाराम अधिकारीले गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार