गुल्मीको अस्लेवा ५,६,७ वडामा पुग्यो एक घर एक धारा

13
SHARES
111
VIEWS


चुुुरामणि तिमिल्सिना मंसिर-१४,गुल्मीको अस्लेवाका १ सय ९४ घरमा ‘एक घर एक धारा’ पुगेको छ । दुई करोड रुपैयाँकाे लागतमा दुई वर्षमा धारा जडान गरिएको हो जानकारी आएको छ। खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गुल्मीले एक करोड ९६ लाख ४२ हजार ७ सय ९८ रुपैयाँको लागतमा अस्लेवा ५, ६ र ७ मा खानेपानी आयोजना सम्पन्न गरेको छ । दुई वर्षको अवधिमा निर्माण सम्पन्न भएको आयोजनाले अस्लेवाका एक सय ९४ घरमा ‘एक घर एक धारा’ पुगेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गुल्मीका इन्जिनियर प्रकाश न्यौपाने बताउनुभयो । अस्लेवा ५, ६ र ७ खानेपानी तथा सरसफाई आयोजना सत्यवती गाउँपालिका वडा नम्बर एकको सबैभन्दा ठूलो खानेपानी आयोजना हो । यो आयोजनाको परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले उद्घाटन गर्नुभयो । गुल्मीमा २०७४ सालको तीनै तहका चुनावमा र प्रमुख दलहरुको चुनावी नारा ‘एक घर एक धारा’ रहेको थियो । यो अभियानसँगै हरेक नागरिकको भावना जोडिएका कारण पनि खानेपानीका लागि केन्द्रित रहेर काम गरिरहेको सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार