मंसिर -१४ भुपु पेन्सननहरुले पनि सामाजिक सुरक्षा भत्ता पहिले जसरी नै पाउने भएका छन् । नेपाल सरकारले भुपु पेन्सननहरुले पाउदै आएको सामाजिक सुरक्षा भत्ता केही समय अघि रोक्ने निर्णय गरेको थियो। उक्त निर्णय विरुद्ध भुपुसैनिकहरुले आपत्ति जनाउदै आएका थिए। नेपाल सरकारले गरेको उक्त निर्णयलाई परिवर्तन गरि समाजिक सुरक्षा भत्ता सवै भारतीय पेन्सननहरुले पाउने भएका हुन् । गुल्मीको लिम्घामा एक कार्यक्रममा बोल्दै परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले यहि आर्थिक वर्ष देखि पुनः भत्ता पाउने भएको छ। सरकारले यो कार्यक्रमलाई पुनः लागू गर्न लागेको मन्त्री ज्ञवालीले बताउनुभयो । केही समय अघि सरकारले पेन्सन भत्ता खानेहरुलाइ सामाजिक सुरक्षा भत्ता नदिने निर्णय गरेको भए पनि सो निर्णयलाई परिवर्तन गर्दै पुनः भत्ता वितरण गरिने ज्ञवालीले बताउनुभयो ।
Discussion about this post