बिद्यालयहरुलाई ज्वोरो नाप्न थर्मोगन प्रदान

13
SHARES
105
VIEWS

मंसिर -१५ कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले निशुल्क रुपमा बिद्यालयहरुलाई ज्वोरो नाप्नका लागि थर्मल गन प्रदान गरेको छ। सिकाइ सहजीकरणका कक्षाहरुमा सहभागी हुन आउने विद्यार्थीहरुको ज्वोरो मापन गर्नका लागि गाउँपालिका भित्रका सम्पूर्ण बिद्यालयहरुलाई थर्मोगन वितरण गरिएको कालीगण्डकी गाउँपालिकाका सूचना अधिकारी हिरामणी पाण्डेले जानकारी दिनुभयो। बिशेषगरि ज्वोरो आएका विद्यार्थीहरुलाई घरमै आरम गर्न आग्रह गरिदै आइएको छ। ज्वोरो विभिन्न कारण आउन सक्ने भएकोले विद्यार्थीको स्वास्थ्यहितलाइ मध्य नजर राख्दै थर्मल गनले ज्वोरो आएका विद्यार्थी पहिचान गर्न सहयोग हुने अपेक्षा गरिएको छ। कालीगण्डकी गाउँपालिका भित्रका ३५ वटा सामुदायिक र ४ वटा संस्थागत बिद्यालयहरुलाइ निशुल्क रुपमा प्रदान गरिएको कालीगण्डकी गाउँपालिका शिक्षा शाखाका भिम श्रेष्ठले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार