स्याङ्जा वालिङका एक जनाको कोरोना संक्रमणबाट मृत्यु

12
SHARES
104
VIEWS

मंसिर -१५ स्याङ्जामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक एवम् प्रबक्ता डा. बिनोद बिन्दु शर्माका अनुसार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा वालिङ नगरपालिका वडा नम्बर १४ का ६७ वर्षका संक्रमित पुरुषको आज बिहान २:१० बजे मृत्यु भएको हो। उनमा गत ११गते कोरोना संक्रमणको पुष्टि भएको हो। संक्रमित मृतकमा कोभिड निमोनिया र मुटु सम्बन्धि समस्या रहेको डा. शर्माले बताउनुभयो । आज थप १ गरि स्याङ्जामा कोरोना संक्रमण बाट मृत्यु हुने सङ्ख्या १३ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार