पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको भवन शिलान्यास

17
SHARES
142
VIEWS


भुवन रायमाझी ,मंसिर १५ पाल्पा।
पाल्पाको पश्चिम भेगमा रहेको रैनादेवी छहरा गाउँपालिकाको भवन सम्झौता भएको एक वर्षमा शिलान्यास गरिएको छ । रैनादेवी छहरा गाउँपालिकाको भवन ठेक्दार कम्पनीले सम्झौता गरेको करिव एक वर्ष पछाडी आएर आज गाउँपालिका अध्यक्ष राम बहादुर कार्कीले शिलान्यास गर्नु भएको छ ।२०७६ सालको पुस १५ गते सम्झौता गरे पनि कोभिडको असरले देशमा लकडाउन हुदा ढुवानीमा समस्या भएका कारण शिलान्यास गर्न समेत ढिला भएको गाउँ पालिका अध्यक्ष राम बहादुर कार्कीले बताउनु भयो कार्कीका अनुसार काम ढिला भन्दा पनि गुणस्तर समयमा काम सक्ने निमार्ण ब्यावसायीहरु लाई गाउँ पालिकाले पुरस्कार समेत दिने बताउनु भयो ।

बिभिन्न जग्गा दाताहरुले निशुल्क रुपमा दिएको १० रोपनी क्षेत्रफलमा बन्ने गाउँ पालिकाको भवन सम्झौता गरेको १८ महिना भित्र सक्ने गरि निमार्ण कम्पनीलाई ३ करोड ६२ लाख रुपैयामा जिम्मा लगाएको गाउँ पालिकाका लेखा अधिकृत लिलामणी बस्यालले जानकारी दिनु भयो ।
निमार्ण कम्पनीले कामदारको सख्या बढाएर भनेको समयमा काम सम्पन्न गर्ने बताएको छ । लकडाउन ले सुरुुको चरणमा समस्या पारे पनि बाकी रहेको समयमा तोकीएको मापदन्ड अनुसार काम पुरा हुने कालिगन्डकी सपनासुन्दरी जेभिका छत्रदेव पान्डेको भनाई छ ।शिलान्यास कार्यक्रममा गाउँ पालिकाका प्रमुख प्रसासकिय अधिकृत खेत बहादुर खत्री उपाध्यक्ष चेत कुमारी थापा प्रबक्ता बिष्णु पोखरेल अन्य वडाका अध्यक्षहरु समाजसेवी लगाएतको उपस्थीतमा जग्गादाता लाई सम्मान समेत गरिएको थियो ।
आठ वटा वडाहरु समाबेस भएर निमार्ण भएको रैनादेवी छहरा गाउँपालिकाको सेन्टरमा गाउँपालिका भवन निमार्ण हुदै छ ।गुणस्तरीय काम र समयमा काम सम्पन्न गराउने तर्फ गाउँपालिकाले निग्रानी बढाउन जरुरी रहेकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार