मंसिर-१६ पाल्पाको रामपुर नगरपालिका वडा नं १० निवासी अच्युतराज खनाल ढुवानी (ट्रान्सपोर्ट) व्यवसायीहरूको छाता संगठन ढुवानी व्यवसायी महासंघ नेपालको बरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ। अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष विश्वनाथ खनाल र विराटनगर ट्रान्सपोट एशोसिएशनका निवर्तमान अध्यक्ष विनोद कुमार सिंहको उम्मेदवारी परेको थियो उक्त निर्वाचनमा जम्मा ६० मत खसेको र त्यसमध्ये ३२ मत प्राप्त गरि विश्वनाथ खनाल ४ मतको अन्तरले विजयी भएको निर्वाचन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।विश्वनाथ खनालको नेतृत्वमा चयन भएको नयाँ कार्यसमितिको अन्य पदाधिकारीहरूमा अच्युतराज खनाल (बरिष्ठ उपाध्यक्ष), क्षेत्रगत उपाध्यक्षहरूमा क्रमशः ध्रुव दाहाल खत्री, केशव गिरी, खेम जंग बस्नेत र प्रदिप अर्याल, महासचिवमा अरुण कुमार श्रेष्ठ, सचिवमा पुष्पराज श्रेष्ठ र कोषाध्यक्षमा राजेन्द्र प्रसाद गुप्ता निर्वाचित हुनुभएको छ भने ५ जना केन्द्रीय सदस्यहरूमा कृष्ण राज पौडेल, सुशिल पौडेल, श्याम प्रसाई, धर्मराज पोख्रेल र टेकराज पोख्रेल निर्वाचित हुनुभएको हो ।(कोभिड-19 )कोरोना भाईरसको जोखिम कायमै रहेकोले नियमित स्वास्थ्य मापदण्ड अपनाउदै १२ अौ बार्षिक साधारण सभा तथा पाचौँ महाधिवेशन १३ गते शनिवार चितवनको सौराहामा सम्पन्न भएको हो।
Discussion about this post