मंसिर-१६ गुल्मी। छत्रकोट गाउँपालिका गुल्मी वडा नम्बर १ हुगा स्मार्ट कृषि गाउँ बनेको छ। त्यहाँ तरकारी पकेट क्षेत्रको औपचारिक सुरुवात गरिएको छ । कार्यक्रम पहिला देखिनै भएपनि औपचारिक रुपमा भने आईतबार मात्रै सुरुवात गरिएको हो जनाईएको छ । लुम्बिनी प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले किसानका समस्याहरुको समाधान सरकारले गरिरहेको भन्दै आवश्यकता अनुसारका कार्यक्रममा जहिले पनि मन्त्रालय सकारत्मक रहेको मन्त्री पौडेलले कार्यक्रममा बताउनुभयो ।मन्त्री पौडेलले किसानलाई उत्पादन देखि विक्रि वितरण सम्मको सबै प्रक्रियामा सरकारले साथ दिईरहेको जानकारी दिदै शुलभ कर्जा, कृषि कर्मी रोजगार, उत्पादनमा आधारित अनुदान पोत्साहन लगायत उपकारहरुको खरिद र प्रयोगमा समेत सरकारले सहयोग गर्दै आएको कार्यक्रमा जानकारी दिनुभयो।
कार्यक्रममा छत्रकोट गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तले गाउँपालिकाले पहिलो बर्ष सडक, दोस्रो बर्ष पानी र अहिले तेस्रो बर्ष कृषि बर्षको रुपमा काम गरिरहेको बताउनुभयो । कार्यक्रममा गुल्मीका प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्मा, कृषि ज्ञान केन्द्र प्रमुख सोम बहादुर राना, स्मार्ट कृषि गाउँ कार्यान्वयन एकाईका अध्यक्ष हुम बहादुर पल्ली, वडा १ का अध्यक्ष धातानन्द भण्डारी, राम प्रसाद खराल, विष्णु भण्डारी, समुन बस्याल, लक्ष्मण शर्मा, सिता पाण्डे लगायतले आ आफ्नो भनाई राख्नुभएको थियो ।
Discussion about this post