मंसिर -१६ स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले ५०% अनुदान सहुलियतमा कृषकहरुलाइ ट्याक्टर वितरण गरेको छ। कालीगण्डकी गाउँपालिकाको कृषि कार्यक्रम अन्तर्गत गाउँपालिका भित्र ५६ वटा हाते ट्याक्टर वितरण गरिएको कालीगण्डकी गाउँपालिकाका सूचना अधिकारी हिरमणी पाण्डेले जानकारी दिनुभयो । ट्याक्टर सवै वडा कार्यलयहरुमा वितरण गरिएको र वडा कार्यलयले क्रमशः वितरण गर्दै जाने सूचना अधिकारी पाण्डेले जानकारी दिनुभयो । पछिल्लो समयमा कृषकहरुमा हाते ट्याक्टर प्रती आकर्षण बढेको पाउन सकिन्छ। विशेष गरि गोरुहरुले खेतबारी खनजोत गर्दै आइएकोमा ट्याक्टरको प्रयोगलाई कृषकहरुले सहज मान्दै आएका छन् ।
Discussion about this post